शिक्षाबाटै समृद्ध मरिणको आधार तयार हुन्छ :अध्यक्ष विमर्श मुक्तान,

२०८२ माघ ७ गते, बुधबार

सिन्धुली ।

सिन्धुलीको मरिण गाउँपालिका–३ स्थित बरुण सिस्नेरीमा अवस्थित श्री बरुणेश्वर माध्यमिक विद्यालयको ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम आज (बुधबार) भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष नर बहादुर घलानको अध्यक्षता तथा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष मुक्तानले शिक्षा नै समाज परिवर्तन र समृद्धिको प्रमुख आधार भएको उल्लेख गर्दै गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयाे  विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानसँगै अनुशासन, संस्कार र व्यवहारिक सीप प्रदान गर्नुपर्ने बताउनु भयो । मरिण गाउँपालिकाले शिक्षा क्षेत्रको विकासका लागि निरन्तर लगानी र सहयोग गर्दै आएको  र आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्यहरू, शिक्षक–शिक्षिका, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon