सिन्धुली जिल्लामा याे वर्ष ५२ करोड बराबरको जुनार, सुन्तला बिक्री हुने आकलन,
सिन्धुली ।
सिन्धुली जिल्लामा याे वर्ष ५२ करोड बराबरको जुनार, सुन्तला बिक्री हुने आकलन छ। जिल्ला जुनारको नामबाट चिनिएर विकासित हुँदा समृद्ध सिन्धुली निर्माणमा सहयोग पुग्ने मात्र नभइ देशकै आर्थिक आम्दानी बढाउनसमेत योगदान पुग्ने देखिन्छ।
अहिले सिन्धुलीका अधिकांश किसानले आफ्नो पाखा र खेतबारीमा जुनार, सुन्तलाको व्यावसायिक खेती गरिरहेका छन् । आफ्नो पाखाबारी नभएकाहरुले जुनारको व्यावसायिक खेती गर्ने किसानको बगैँचामा रोजगारी पनि पाएका छन् ।
जुनार भण्डारण गरेर बैशाखमा दोबर मूल्यमा बिक्री गर्दा आम्दानीमा उल्लेख्य सुधार भएको छ,’ सुपरजोन कार्यक्रमका प्रमुख श्रेष्ठले भने । जुनारको बजारीकरणलाई थप प्रभावकारी बनाउन जुस, वाइन, जामजेली र जुनारको पातको चिया लगायतका प्रशोधित परिकार उत्पादनका लागि सम्भावना अध्ययन भइरहेको उहाले बताउनु भयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, सिन्धुलीको तथ्याङक अनुसार जिल्लामा हाल एक हजार ३१८ हेक्टरमा जुनार र सुन्तलाको खेती भइरहेको छ । यसमध्ये सात सय ९४ हेक्टरका बोटले उत्पादन दिइरहेको ।
कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई (जुनार सुपरजोन) कार्यक्रमले महत्वपूर्ण टेवा पुर्याएको छ । गोलञ्जोर गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका तीनकन्या, रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ, कमलामाई नगरपालिका–३ जलकन्या र तीनपाटन गाउँपालिका–१ तोश्रामखोला जुनार सुपरजोनका क्षेत्र हुन् ।
गाेलन्जाेर गाउपालिकाका अध्यक्ष शंकरराज बरालले भन्नुभयो गोलन्जाेरकाे मुख्य चिनारी नै जुनार हो । जुनार गोलन्जाेरकाे मात्र नभई , जिल्लाको पहिचान बन्न पुगेको छ । जिल्लाकै जुनार उत्पादनको मुख्य केन्द्रका रूपमा तिनकन्या परिचित भएको छ । गोलञ्जोरका ६ वटा वडामा जुनारको व्यावसायिक उत्पादन हुन्छ । रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ जुनारको उत्पादन हुने क्षेत्र हुन्न ।








