उमाकुण्ड गाउँपालिकामा एक दिने विज्ञान प्रदर्शनी प्रतियोगिता

२०८१ पुष २१ गते, आईतवार

रामेछाप ।

रामेछाप जिल्लाकाे उमाकुण्ड गाउँपालिकाले एक दिने माध्यमिक विद्यालयस्तरीय विज्ञान तथा गणित प्रर्दशनी प्रतियोगिता कार्यक्रम संचालन गरेको छ । उक्त विज्ञान प्रर्दशनिमा प्रत्येक माध्यमिक विद्यालयबाट ८ जना विद्यार्थी र २ जना शिक्षक लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा चण्डेश्वरी माध्यमिक विद्यालय प्रिती प्रथम, सिद्धेश्वर माध्यमिक विद्यालय बाम्ती द्वितीय , जनता माध्यमिक विद्यालय कुँबु तृतिय र कास्थेम माध्यमिक विद्यालय भुजी सान्त्वना भएका छन । विजेता विद्यालयहरूलाई क्रमशः नगद रु. ८०००, ५०००, ३०००, र २००० पुरस्कार राशी सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसैगरी कैलेश्वर मावि गुप्तेश्वर पाँचौ, सरस्वती माध्यमिक विद्यालय सुनुवारधारा छैठौं र महालंगुर मावि गुम्देल साँतौं भएको हो । विज्ञान तथा गणित प्रर्दशनी कार्यक्रममा वडा नं ४ अन्तर्गतका कालीदेवी आधारभुत बिद्यालय हुँगा, देवीश्वर आधरभुत बिद्यालय बलखी र वडा नं ५ को कालीकादेवी आधारभुत बिद्यालय उर्माखुका ४२ जना बिद्यार्थी र ५ जना शिक्षक सहित करिब ५०० जनाले अवलोकन  गरेका थिए ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon