“प्रथम मरिण गोल्डकप २०८१” आज देखी सुरु,
सिन्धुली ।
“प्रथम मरिण गोल्डकप २०८१” को उद्घाटन समारोह आज (आईतवार )देखी सुरु भएको छ । मरिण गाउँपालिकाको मुख्य प्रायोजनमा र मरिण गाउँपालिका स्तरीय युवा तथा खेलकुद विकास समितिको सहयोग तथा समन्वयमा मुङ्ग्रे युनाइटेड युवा क्लबद्वारा आयोजित “प्रथम मरिण गोल्डकप २०८१” को उद्घाटन समारोह भएको हाे ।
मरिण गाउँपालिका वडा नं.- २ मुङ्ग्रे दोभान खेलमैदानमा उद्घाटन भएको कार्यक्रममा सङ्घीय सांसद माननीय लेखनाथ दाहाल(राजन) को प्रमुख अतिथि, मरिण गाउँपालिका अध्यक्ष बिमर्श मुक्तानकाे विशिष्ट अतिथि,प्रमुख प्रशासकीय अधिकृत विकास सुनदास,र खेलकुद विकास समितिका अध्यक्ष सुमन रानाकाे अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको थियोे ।
प्रथम मरिण गोल्डकप माननिय राजन दाहालबाट रेफिलाई फुटवल प्रदान गरेर सुभारम्भ गर्नु भएको थियोे ।
![]()







