सिएसडिएस सिन्धुलीले १५ थान सेनिटरी प्याड डिस्पोजल मेसिन गोलन्जोर गाउँपालिकालाई गर्याे हस्तान्तरण,

२०८१ माघ २० गते, आईतवार

सिन्धुली ।

सिन्धुली जिल्लाकाे गोलन्जोर गाउँपालिकालाई आज (आइतबार) सेनिटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरिएको छ । ब्याक टु लाइफ इभि जर्मनी नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा सामुदायिक पद्धति विकास सेवा सिएसडिएस सिन्धुलीले १५ थान सेनिटरी प्याड डिस्पोजल मेसिन गोलन्जोर गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

गाउँपालिकामा एक कार्यक्रम गर्दै ब्याक टु लाइफका म्यानेजर अनुप पौडेलले गाउँपालिका अधयक्ष शंकर राज बराल,उपाध्यक्ष ज्वाला प्रसाद न्याैपाने (पुकार) लाइ  सेनिटरी डिस्पोजल मेसिन हस्तान्तरण गरेकाे हाे  ।

गाउँपालिका अध्यक्ष बरालले हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै, सेनिटरी प्याड वितरण गर्दै आए पनि प्रयोग पश्चात् व्यवस्थापनमा समस्या हुँदै आएकोले यस वर्षबाट गाउँपालिकामा प्राप्त नष्ट गर्ने मेसिन आवश्यकता अनुसार विद्यालयहरुमा पठाउने बताउनु भयो  । बिद्यालयमा अध्यरत किशोरीहरूको स्वास्थ्य र पर्यावरण संरक्षणको दिशामा महत्वपूर्ण कदम हो भनेर जोड दिनु भयो । उहाले   किशोरीहरूलाई स्वच्छता सामग्रीको उचित ब्यबस्थापन गर्न सजिलो हुने र स्वास्थ्य सम्बन्धी समस्याहरू घटाउन मद्दत गर्ने बताउनु भयो ।

विद्यालयमा अध्ययनरत छात्राहरूलाई सेनिटरी प्रयोग पश्चात् व्यवस्थापनमा समस्या देखिएकोमा डिस्पोजल मेसिन प्राप्त पछि व्यवस्थापन गर्न सहज हुने गोलन्जोर गाउँपालिका शिक्षा शाखामा कार्यरत सुस्मा आचार्यले बताउनु भयो  । यो मेसिनहरू स्थानीय विद्यालय राखिने छ । प्रयोग भइसकेका सेनिटरी प्याड मेसिनमा हालेपछि मेसिनले जलाएर खरानी बनाउने गर्छ । प्याड जथाभावी फाल्दा फोहोर हुने र शौचालयको प्यान नै टालिने समस्या हुने गरेकाले ब्याक टु लाइफबाट मेसिन सहयोग भएपछि सहज हुने आचार्यले जानकारी दिनुभयाे ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon