सिन्धुलीकाे मरिण गाउँपालिका वडा नं ५ मा बल्याे बिजुली बत्ती,

२०८१ चैत्र १२ गते, मंगलवार

सिन्धुली जिल्लाकाे मरिण गाउँपालिका वडा नम्वर ५ को प्रशासनिक भवन आज ( मंगलबार) गाउँपालिका अध्यक्ष  विमर्स मुक्तान (प्रख्यात)काे अध्यक्षतामा र सिन्धुली जिल्ला क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालकाे प्रमुख आतिथ्यतामा उदघाटन तथा उज्यालो वडा घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

सिन्धुली जिल्लाकाे क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)ले  प्रशासकीय भवन उद्घाटन गर्नुभयो थियो । मरिण गाँउपालीका ५ को याे भवन  घाटामा निर्माण गरिएको थियो ।

भने बिजुली वत्तिको स्वीच अन गरेर उज्यालो वडा घोषणा गर्नु भएको थियो आफ्नो वडामा बिजुली बत्ती बलेको र आजबाट उज्यालोमा बस्न पाउँदा वडा नं ५का जनताहरु खुसीले गदगद भएका छन् भने विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण  गरिएको थियो । कार्यक्रमा अन्तरिम सभा सदस्य तुलावहादुर माझी,वसन्त माझी,प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख विभित्र संघसंगठनका प्रतिनिधिहरु, वडा अध्यक्ष, राजनितीक दलका नेताहरु,स्थानीय बासीहरुकाे सहभागीता रहेको थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon