सिन्धुलीकाे गाेलन्जाेरमा भएको अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न,

२०८१ चैत्र २९ गते, शुक्रबार

 

सिन्धुली।

सिन्धुली जिल्लाकाे गोलन्जोर गाउँपालिका, ४ खोक्लिङ खेलमैदानमा आयोजना भएको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेल  आज (शुक्रबार)  सम्पन्न भएको छ । वडा नं. ७ खुर्कोटले वडा नं. ४ लाई ट्राइब्रेकरमा ३/२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको  थियो। नियमित समयमा दुबै टोलीले १/१ को बराबरी गरेपछि खेल  ट्राइब्रेकरमा पुगेको थियो

टाइब्रेकरमा खुर्कोटले ३ गोल गर्दै  विजयी हुन सफल भयो । प्रतियोगिताको उपाधि आफ्नो नाम गराउन सफल भए ।प्रतियोगिताको समापनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलरक्षक पनि घोषणा गरिएको छ । खुर्कोट टोलीका अनिल माझी उत्कृष्ट गोलरक्षक घोषित हुनुभएकाे थियो  ।

उपाधि जिताउनुका साथै उत्कृष्ट खेलाडीको पुरस्कार पनि उहाँले हात पार्नुभयो ।यसैगरी, वडा नं. ४ का निराजन ठकुरी खेलाडीले उत्कृष्ट गोलकर्ता र वडानं ७ का सन्तोष माझी उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गर्नुभयो । उनीहरूलाई ३/३ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

आज बिहान भएको खेलमा वडा नं २ लाई ७ गोलको फराकिलो अन्तरले हराउँदै वडा नं ३ तृतीय स्थान हासिल गरेको थियो ।खेलको विजेतालाई ६२ हजार ५ सय नगद, उप–विजेतालाई ३७ हजार ५ सय नगद र तृतीय स्थान हासिल गरेको टिमलाई  २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस प्रतियोगिताले गाउँपालिका भरिका युवा फुटबल खेलाडीहरूमा खेलप्रति रुचि बढाउने र स्थानीय स्तरमा फुटबल विकासमा योगदान पुर्याएकाे  छ

समापन कार्यक्रममा गाेलन्जाेर गाउँपालिका अध्यक्ष शंकरराज बराल,उपाध्यक्ष ज्वाला प्रसाद न्याैपाने(पुकार) प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चाैधरी,वडाका वडा अध्यक्ष,  विद्यालयका प्र.अ. लगायत  शिक्षक शिक्षिकाहरुकाे उपस्थिति भएको थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon