वडास्तरिय सार्वजनिक सुनुवाई तथा एकीकृत घुम्ति शिविरको दोस्रो दिन सम्पन्न,
सिन्धुली ।
सिन्धुलीको गाेलन्जाेर गाउँपालिका वडा नं. २ स्थित वडा कार्यालय र स्वास्थ्य चौकीको भवनबाट सञ्चालनमा आएको एकीकृत घुम्ति शिविर तथा वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमको दोस्रो दिन विविध सेवाका साथ सम्पन्न भएको छ।
गाउँपालिकाको विभिन्न शाखाहरुबाट खटिएका टोलीले शिविरमा स्थानीय नागरिकहरुलाई सेवा प्रदान गरेका छन्। सेवाग्राहीहरुले सामाजिक सुरक्षा भत्ता, रेविज खोप (कुकुरको), सामान्य स्वास्थ्य परीक्षण लगायतका सेवामा सबैभन्दा बढी सहभागिता रहेको थियोे ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वडामा सञ्चालन भएका योजना तथा क्रियाकलापहरुको प्रगति प्रतिवेदन सार्वजनिक गरिएको थियो। साथै नागरिकको गुनासो, सुझावहरु समेत संकलन गरियो।
शिविरमार्फत अन्य सेवा जस्तै राजश्व संकलन, पञ्जिकरण, व्यवसाय दर्ता तथा नविकरण सेवा पनि प्रदान गरिएको थियो। कुल २३१ जनाले न्यूनतम एक सेवा लिएका छन् भने ४८६ जनाले एकभन्दा बढी सेवा लिएका छन्।
गाउँपालिकाको यस अभियानले नागरिक सेवामा पहुँच अभिवृद्धि गर्दै सुशासनप्रति जनविश्वास बढ्दै जाने देखिन्छ । घुम्ती शिविर कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्याैपाने(पुकार) प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चाैधरी,वडा नं २ का अध्यक्ष र वडा नं ३ का अध्यक्ष सेवाग्राही लगायत शाखागत कर्मचारीहरुकाे उपस्थिति थियोे ।![]()







