प्रा.वि. नाकाजोलीमा गोलन्जोर गाउँपालिकाको पाँचौं दिनको घुम्ती शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न,
सिन्धुली ।
सिन्धुलीकाे गाेलन्जाे गाउँपालिका वडा ६ नं.काे वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको वडा स्तरिय एकीकृत घुम्ती शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रम अन्तर्गत हिजो (सोमबार) नाकाजोलीमा पाँचौं दिनको कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा गाउँपालिकाले स्थानीय नागरिकहरूलाई लक्षित गर्दै ८ प्रकारका सेवा प्रदान गरेको थियो। स्वास्थ्य, कृषि, पशुपन्छी, शिक्षा लगायतका विभिन्न सेवा शाखाहरूको सहभागिता रहेको शिविरबाट २६१ जनाले एकभन्दा बढी सेवा प्राप्त गरेका थिए।
साथै, वडाले चालु आर्थिक वर्षमा सम्पन्न गरेका योजना तथा कार्यक्रमहरूबारे प्रस्तुतिकरण गर्दै आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय बासिन्दा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो। सो अवसरमा प्राप्त गुनासा तथा सुझावहरूको सम्वोधनसमेत गरिएको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने ‘पुकार’, स्वास्थ्य शाखा प्रमुख लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
गोलन्जोर गाउँपालिकाले यस्ता कार्यक्रमहरूबाट स्थानीयस्तरमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने र नागरिकसँगको प्रत्यक्ष संवाद कायम गर्ने लक्ष्य राखेको जनाएको छ।
![]()







