सुनापति गाउँपालिकाको बजेट खर्च ४६ प्रतिशत, ४४ योजनाको मात्र भुक्तानी,

२०८२ बैशाख १८ गते, बिहीबार

रामेछाप ।

रामेछापको चालु आर्थिक वर्षको ८ महिनामा सुनापति गाउँपालिकाले कुल बजेटको ४६.८४ प्रतिशत खर्च गरेको सार्वजनिक सुनुवाइमार्फत जानकारी दिइएको छ। साउनदेखि फागुनसम्मको प्रतिवेदन अनुसार ५६ करोड ९० लाख रुपैयाँमध्ये २६ करोड ६५ लाख रुपैयाँ खर्च भइसकेको गाउँपालिकाले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले चालु तर्फ ५५.३८ प्रतिशत र पुँजीगततर्फ ३१.३८ प्रतिशत खर्च भएको जानकारी दिए। पाँच वडा रहेको गाउँपालिकामा चालु वर्षका लागि ९० भन्दा बढी योजना लक्षित गरिए पनि हालसम्म ४४ वटा योजनाको मात्र भुक्तानी भएको छ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले शिक्षा, स्वास्थ्य, सडक, कृषि र महिला सशक्तीकरणसँग सम्बन्धित विषयमा सरोकार राखी प्रश्नहरू गरेका थिए, जसको जवाफ अध्यक्ष ठुलो कान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट तथा अन्य पदाधिकारीहरूले दिएका थिए।

 

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon