गोलन्जोरमा दुईदिने क्षमता विकास तालिम आजबाट सुुरु,

२०८२ असार १३ गते, शुक्रबार

सिन्धुली ।

सिन्धुलीको गोलन्जोर गाउँपालिकाको आयोजनामा सञ्चालन भइरहेको दुई दिने क्षमता विकास तालिमको पहिलो दिन सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडा सचिवहरू, सहायक कम्प्युटर अपरेटरहरू, कृषि तथा पशु प्राविधिकहरू, विषयगत शाखा प्रमुखहरू र प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।

तालिमको पहिलो दिनका विभिन्न सत्रहरू प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, योजना तथा जिन्शी शाखा प्रमुख भिम बहादुर श्रेष्ठ तथा कोष तथा लेखा नियन्त्रकको कार्यालय सिन्धुलीका प्रमुख कोष नियन्त्रक हरिहर शर्मा तिवारीले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमको उद्देश्य पालिकास्तरीय कर्मचारीहरूको कार्यदक्षता अभिवृद्धि गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने रहेको आयोजकले जनाएका छन्। तालिमको दोस्रो दिन थप प्राविधिक सत्रहरू र अभ्यास केन्द्रित प्रशिक्षण सञ्चालन गरिने जनाइएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon