रामेछाप बिजनेस एण्ड प्रोफेसनल वमेनको २०औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशन सम्पन्न,
रामेछाप ।![]()
रामेछाप बिजनेस एण्ड प्रोफेसनल वमेनको २०औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशन आज (शनिबार) संस्थाकका अध्यक्ष चन्द्रा खड्काको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रममा संस्था सञ्चालन, महिलाको नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन तथा स्थानीयस्तरमा महिलाको आर्थिक सशक्तीकरणका विषयमा विभिन्न प्रस्तुति र छलफलहरू भएकाे थियाे ।
अधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। नयाँ अध्यक्षमा साबित्रा खत्री चयन हुनुभएको छ भने उपाध्यक्षमा साबित्रा कार्की निर्वाचित हुनुभएको छ। सचिव पदमा अपना कुमारी श्रेष्ठ, कोषाध्यक्षमा रमिता राई तथा सदस्यहरूमा जानुकी श्रेष्ठ, शारदा तामाङ र सम्झना बस्नेत निर्विरोध निर्वाचित हुनुभएको छ। सात सदस्यीय कार्यसमितिले आगामी कार्यकालका लागि संस्थाको नेतृत्व गर्नेछन्
नव निर्वाचित अध्यक्ष साबित्रा खत्रीले संस्थाको उद्देश्य, गतिविधि र भावी योजनाबारे प्रतिबद्धता व्यक्त गर्दै सबै सदस्यको सहयोगमा अझ प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।![]()







