भूतपूर्व सैनिक साकोसको १९औँ वार्षिक साधारण सभा भव्य, सभ्य र सफलतापूर्वक सम्पन्न
रामेछाप ।
भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस),मन्थली नगरपालिका वडा नं.–१, रामेछापको १९औँ वार्षिक साधारण सभा हिजो (सोमबार) भूतपूर्व सैनिक सभा हलमा भव्य, सभ्य र अनुशासित वातावरणमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष टहल बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रामेछाप जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेल प्रमुख अतिथि रहनुभएको थियो भने खड्गदल गणका गणपति प्रमोद कुमार पौड्याल विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष बद्रीनयाँ लगायत विभिन्न मिडियाका पत्रकारहरु , मन्थली नगरपालिका वडा नं.–३ का वडा अध्यक्ष कृष्णगोपाल थापा, नेफ्स्कुन फिल्ड व्यवस्थापन सदस्य गोविन्द प्रसाद घिमिरे, रामेछाप बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष जगन्नाथ दाहाल, नेफ्स्कुन मन्थली शाखा प्रमुख सूर्य थापा, खड्गदल गण मन्थली ब्यारेकका गुल्मपति भरत पुरी, लेखापरीक्षक टंक प्रसाद उपाध्याय, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ रामेछापका सभापति जय बहादुर कठायत, संस्थाका निवर्तमान अध्यक्ष केशव प्रसाद घिमिरे, अधिकृत भूतपूर्व सैनिकहरू, सञ्चालक समिति, लेखा तथा उपसमिति सदस्यहरू र ठूलो संख्यामा शेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सभामा अध्यक्षद्वारा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन, उपाध्यक्षको स्वागत मन्तव्य, सचिवको वार्षिक प्रतिवेदन तथा भावी लक्ष्य र कार्यक्रम योजना, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र लेखा–सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन बन्द सत्रको आम भेलाबाट सर्वसम्मत रूपमा पारित गरिएको थियोे । यसले संस्थाको पारदर्शिता, सुशासन र उत्तरदायित्वप्रति सदस्यहरूको विश्वास अझ सुदृढ भएको देखाएको छ।
संस्थाले सामाजिक उत्तरदायित्व र सदस्यप्रतिको सम्मानलाई निरन्तरता दिँदै नियमित सम्मान कार्यक्रमअन्तर्गत जेष्ठ सदस्य, अपांग शेयर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋण कारोबारी, धेरै बचत रकम जम्मा गर्ने सदस्य, धेरै शेयर खरिद गर्ने सदस्य तथा नयाँ सदस्य विस्तारमा योगदान पुर्याउने सदस्यहरूलाई सम्मान गरेको थियोे । साथै सञ्चालक समितिबाट सचिव वीर बहादुर खड्का, लेखा–सुपरिवेक्षण समितिबाट लेखा संयोजक यम बहादुर बुढाथोकी, ऋण उपसमितिबाट ऋण संयोजक जय बहादुर कठायत र २०८१ सालको SEE परीक्षामा उत्तीर्ण भएका ६ जना छात्र–छात्रालाई समेत सम्मान गरिएको थि
कार्यक्रममा उपस्थित भई संस्थाको गतिविधिमा सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण प्रमुख अतिथि, विशेष अतिथि, अतिथिगण, पाहुना तथा शेयर सदस्यहरूप्रति श्री भूतपूर्व सैनिक साकोस परिवारले हार्दिक आभार व्यक्त गरेको छ।![]()







