मरिणमा आँखा उपचार केन्द्र सञ्चालन,अब टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा,

२०८२ चैत्र ४ गते, बुधबार

सिन्धुली ।

सिन्धुलीको मरिण गाउँपालिकामा स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ। मरिणको समृद्धितर्फ अर्को महत्वपूर्ण फड्को मार्दै मरिण छाप स्वास्थ्य संस्थामा आँखा उपचार केन्द्र स्थापना  साथै उद्घाटन गरिएको  छ।

आज एक विशेष कार्यक्रमका बीच उक्त केन्द्रको औपचारिक उद्घाटन मरिण गाउँपालिकाका अध्यक्षको अध्यक्षता तथा प्रदेश माननीय एवं पूर्व मन्त्री गंगा नारायण श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्षले भन्नुभयाे
मरिणका नागरिकले सामान्य आँखा जाँच तथा उपचारका लागि टाढा–टाढा जानुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले यो केन्द्र स्थापना गरिएको हो। अब आफ्नै गाउँपालिकाभित्र गुणस्तरीय सेवा उपलब्ध हुने भएकाले जनताले ठूलो राहत महसुस गर्नेछन्। आगामी दिनमा थप सेवा विस्तार गर्दै यसलाई अझ प्रभावकारी बनाउने हाम्रो लक्ष्य छ।

त्यसैगरी प्रमुख अतिथि श्रेष्ठले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै स्थानीय तहको यस्तो पहल प्रशंसनीय रहेको बताउनुभयाे

यस आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि अब मरिणका बासिन्दाले सामान्य जाँचदेखि प्रारम्भिक उपचारसम्मका सेवाका लागि सिन्धुली, सर्लाही, हेटौडा वा काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ भने यहि चैत्र १४ र १५ गते २२० जनाको आँखा अप्रेसन हुदै छ।

स्थानीयले यस केन्द्रबाट समयमै उपचार पाउने, खर्च बचत हुने र स्वास्थ्य सेवा पहुँचमै पुग्ने अपेक्षा गरेका छन्।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon