नेपाल बिद्यार्थी संघ द्वारा जिल्ला प्रसासनलाई बुझायो ज्ञापन पत्र,

२०८१ जेष्ठ १ गते, मंगलवार

सिन्धुली जिल्लाकाे जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई विभिन्न माग राखी नेपाल विद्यार्थी संघ सिन्धुलीको नेतृत्वमा आज ( मंगलबार )ज्ञापनपत्र बुझाएका छन् ।

सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरि अपचलन गर्ने सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याई कानुनी कारबाही गर्न माग गरेका थिए ।
सहकारी ठगीमा संलग्न सहकारी सँस्था, सदस्य र सम्बन्धित व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छानविन समिति गठन गर्न माग गर्दै विद्यार्थी केन्द्रित आवश्यक परिमार्जन एंव संशोधन सहित विद्यालय शिक्षा विधेयक – २०८० तत्काल लागू गराउन पर्छ भन्ने माग राखेका थिए ।
उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने अवसर उपलब्ध गराई प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गरी देशको शैक्षिक क्षेत्रलाई अझ बढी गुणस्तरीय, मर्यादित र उपलब्धिमूलक बनाउन र विश्वविद्यालय तथा उच्च शिक्षण संस्थाको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन सम्बन्धी कार्यलाई सहजीकरण र व्यवस्थित गर्नको लागि विश्वविद्यालय छाता ऐन सम्बन्धी विधेयक तत्काल प्रतिनिधि सभामा प्रस्तुत गर्न माग गर्दै सिन्धुली नेपाल विद्यार्थी संघका अध्यक्ष भरत बिकले जिल्ला प्रशासनलाई ज्ञापन पत्र बुझाएको जानकारी दिनुभयो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon