मन्थली नगरपालिकाले आगामी वर्षको गर्याे निति तथा बजेट सार्वजनिक,

२०८१ असार ५ गते, बुधबार

रामेछाप,

रामेछापको मन्थली नगरपालिकाले आज( बुधबार ) नगरपालिकाकाे आगामी वर्षको निति तथा बजेट कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रममा नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईँ,१४ वटै वडाका वडा अध्यक्षहरू, वडा सदस्यहरु, सम्पूर्ण शाखागत कर्मचारीहरु र पत्रकारहरुकाे उपस्थिति थियोे

नगर प्रमुख लव श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षमा नगर सभाबाट स्वीकृत भएका साना ठुला गरी ४४८ वटा योजना तथा कार्यक्रम रहेकोमा ४२६ वटा योजनाहरू सम्झौता भई ३२४ वटा योजनाको काम सम्पन्न भएर भुक्तानी भइसकेको बताउनु भयो ।

नगरले दिगो र गतिशील अर्थतन्त्र मार्फत नगरको आर्थिक वृद्धि हासिल गर्ने, पूर्वाधार विकास मार्फत स्वरोजगार र नागरिक कल्याणकारी कार्य गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी र सिँचाई मार्फत नगरलाई आत्मनिर्भर अर्थतन्त्र उन्मुख गराउने उद्देश्यका साथ नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियोे ।

मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको भन्दा ३ करोड बजेट घटेकाे छ । नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्ष ०८१/०८२ काे लागि १ अर्ब १ कराेड ९७ लाख ८१ हजार मात्र बजेट ल्याएको सार्वजनिक गर्नु भयो ।  

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon