सिन्धुलीको तिनपाटन गाउपालिकाकाे वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक,

२०८१ असार १० गते, सोमबार

सिन्धुली

सिन्धुलीको तिनपाटन गाउपालिकाले आर्थिक वर्ष २०८९/८२ काे वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। आज (साेमबार) १४ औँ गाउँसभाका अध्यक्ष कर्ण बहादुर मगरको अध्यक्षतामा सभा संचालन भएको थियो ।

बागमती प्रदेशकाे गाउँ नगर जिल्ला सभा संचालन कार्यविधि ऐन २०७५ बमोजिम गाउँसभाले १४ औँ अधिवेशन संचालन गरिएको सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतले बताउनु भयो

आ.व.२०८१/८२ काे कुल आय व्यय र अनुमानि रकम ८१ करोड ५० लाखकाे रहेको गाउँपालिका उपाध्यक्ष धन बहादुर पुलामी(अशोक ) ले प्रस्तुत गर्नु भएकाे थियो

तिनपाटन गाउँपालिकाकाे आगामी आर्थिक वर्षको लागि कृषि,पशुपन्क्षी,सहकारी र आन्तरिकका आय,उद्यम सीप र राेजगार सामाजिक विकासकाे क्षेत्र अन्तर्गत शिक्षा,स्वास्थ्य,आयुर्वेद,बहुक्षेत्रीय,पाेषण प्रवर्द्धन र सामाजिक सुरक्षा,खानेपानी र सरसफाइ,खेलकुद पुर्वाधार,विकास क्षेत्र,वन वातावरण,तथा विपद व्यवस्थापन,संस्थागत विकास तथा सेवा प्रवाह लगायत विभिन्न ८१ वटा विधाहरुलाइ समेट्दै पालिका अध्यक्ष कर्ण बहादुर गरले १४औँ गाउँ सभा अधिवेशन समापन गर्नुभयो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon