रामेछाप नगरपालिकामा कात्तिक ११ र १२ गते खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने,

२०८१ कार्तिक ९ गते, शुक्रबार

रामेछाप ।

रामेछाप जिल्लाकाे पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नं ८ टुँडिखेलमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । शैले शिखर युवा क्लब रामेछाप नगरपालिका ७ सिम्लेको आयोजना र डि.आर.एम अटो स्पेयर पार्ट एण्ड वर्कशपको सह आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

यहि कार्तिक ११ र १२ गते दुई दिन चल्ने प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय हुने टिमले क्रमश नगद ५० हजार,२५ हजार र १० हजारको साथमा ट्रफी,मेडल र प्रमाण पत्र पाउने छ । उत्कृष्ट खेलाडी,गोलकर्ता,डिफेन्डर र किपरलाई नगद २ हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागी हुने टिमले कार्तिक १० गते बिहान १० बजेसम्म टिम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ । तिहारको अवसरमा प्रतियोगिता संचालन गर्न लागिएको आयोजकको भनाई छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon