खुल्ला पुरुष फुटबल प्रतियोगिता रामेछापमा सुरु,

२०८१ कार्तिक ११ गते, आईतवार

रामेछाप ।

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ टुँडिखेलमा आज ( आइतबार ) देखी खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिताको उद्धघाटन रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले गर्नुभयो ।

शैले शिखर युवा क्लब रामेछाप नगरपालिका ७ सिम्लेको आयोजना र डि.आर.एम अटो स्पेयर पार्ट एण्ड वर्कशपको सह आयोजनामा प्रतियोगिता संचालन गरिएको हो । आज ,भोली र पर्सि ३ दिन चल्ने प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय हुने टिमले क्रमश नगद ५० हजार,२५ हजार र १० हजारको साथमा ट्रफी,मेडल र प्रमाण पत्र पाउने छ ।

उत्कृष्ट खेलाडी,गोलकर्ता,डिफेन्डर र किपरलाई नगद २ हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । तिहारको अवसरमा प्रतियोगिता संचालन गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा १० वटा टिमले सहभागीता जनाएका छन ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon