स्व कुल माया श्रेष्ठकाे १३ औँ पुण्यतिथिकाे अवसरमा १९ जना बिरामीहरुलाई फलफूल वितरण,
रामेछाप ।
रामेछाप नगरपालिका वडा नं ९ निवासी हरि बहादुर श्रेष्ठकाे धर्म पत्नी स्व कुल माया श्रेष्ठकाे १३ औँ पुण्यतिथिकाे अवसरमा आज ( साेमबार) रामेछाप जिल्ला अस्पतालमा भर्ना भई रहेका बिरामीहरू लाइ डा. केशब श्रेष्ठकाे समन्वयमा १९ जना बिरामीहरुलाइ फलफूल वितरण एवम् शिघ्र स्वास्थ्य लाभकाे कामना गरिएको थियो ।

आफ्नो आमाकाे राम्रो उपचार,साथ,सहयाेग,पाएकाेमा छाेरा पृथ्वी श्रेष्ठ, बुहारी पुष्पा आचार्य,छाेरीहरु निममैया श्रेष्ठ लिला माया श्रेष्ठ, संगिता श्रेष्ठ, घना श्रेष्ठ ज्वाइँ धन बहादु र छविलाल श्रेष्ठले स्वास्थ्यकर्मीहरु लाइ हार्दिक धन्यवाद एवम् सम्मान ब्यक्त गर्नुभएकाे थियोे ।

उक्त फलफूल वितरण कार्यक्रममा श्री भगेरी मा.वि.का बि.ब्य.समितिका अध्यक्ष गाैतम कुमार श्रेष्ठ, बि.अभिभाबक सघका अध्यक्ष कुमार श्रेष्ठ,रामेछाप नगर उद्योग बाणिज्य संघ रामेछापका पुर्व अध्यक्ष शम्भु कुमार श्रेष्ठ, वडा नं ७ सुकाजाेर रामेछापका सहायक कम्प्युटर अप्रेटर भागवत कुमार श्रेष्ठ,निशान साकाेस रामेछापका सचिब अपना कुमारी श्रेष्ठ लगायत रामेछाप जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।








