तामाङ कथानक चलचित्र अस्तु’ को हरिहरपुरगढी गाउँपालिकामा छायाङ्कन शुभारम्भ,
सिन्धुली जिल्लाकाे हरिहरपुरगढी गाउँपालिकामा आज(बिहीबार) पालिका अध्यक्ष बज्रध्वज वाइबाज्यूको प्रमुख आतिथ्यतामा तामाङ चलचित्र संघ तथा चलचित्र विकास बार्डको प्रस्तुती तामाङ कथानक चलचित्र्र अस्तु’ को शुभ मुहुर्त शुभारम्भ गरिएको थियोे ।
एक औपचारिक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले क्यामरा पूजा गरेर छायाङ्कनको शुभारम्भ गर्नुभएको थियोे । तामाङ चलचित्र संघका अध्यक्ष दिपक तामाङ लामाद्धारा निर्देशीत चलचित्रको हरिहरपुरगढी गाउँपालिकाको विभिन्न स्थानमा छायाङ्कन हुने भएको छ ।
साेहि कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले चलचित्रले तामाङ समुदायको रितिरिवाज, सँस्कृतिको प्रचारप्रसार तथा गाउँपालिकाको देश,विदेशमा प्रचार,प्रसार हुने छ भन्दै विश्वास समेत व्यक्त गर्नुभएको थियो ।![]()







