गाैरीशंकर माध्यमिक विद्यालयले ६१औँ वार्षिकोत्सब तथा अभिभावक दिवस गर्याे भव्य र सभ्य रुपमा सम्पन्न,

२०८१ फाल्गुन १५ गते, बिहीबार

रामेछाप जिल्लाकाे रामेछाप नगरपालिकामा रहेको श्री गाैरीशंकर माध्यमिक विद्यालयकाे ६१ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह आज(बिहीबार) वि. व्य. स.अध्यक्ष कमल विक्रम कार्कीको अध्यक्षतामा भव्य र सब्य रुपमा सम्पन्न भएकाे थियो ।

कार्यक्रम रामेछाप नगरपालिकाका नगर प्रमुख लब श्री न्याैपानेकाे प्रमुख आतिथ्यतामा भएको थियो । विशिष्ट अतिथिमा रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की (थापा)हुनुहुन्थ्यो ।

अतिथिमा रामेछाप नगरपालिका वडा नं ७ का वडा अध्यक्ष एवम् रामेछाप नगरपालिकाका प्रवक्ता समीर कार्की, रामेछाप नगरपालिका शिक्षा शाखा प्रमुख नवराज प्रसाद बडु,खड्गदल गण रामेछापका निमित्त गणपति, रामेछाप नगरपालिका स्थित सरकारी कार्यालयका प्रतिनिधिहरु,छिमेकी विद्यालयका प्र.अ तथा शिक्षक प्रतिनिधिहरु, अभिभावक संङ्घका अध्यक्ष तथा विद्यालय व्यवस्थापन संङ्घका सदस्यहरु, अभिभावकहरु, नेपाली काङ्ग्रेस रामेछाप नगरकार्यसमितका सचिव सुशिलहरि बख्रेल,ने.क.पा. एमाले रामेछाप नगर कमिटी सचिव माधव ढकाल,ने.क.पा.समाजवादी रामेछाप नगर कमिटीका इन्चार्ज ढाल बिक्रम कार्की,रा.स्व.पा रामेछाप नगर कमिटी अध्यक्ष दुर्गा बहादुर बस्नेत,रामेछाप नगरपालिका वडा नं ८ का वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य सन्तोष तामाङ,पत्रकार विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरुकाे उपस्थिति थियोे ।

कार्यक्रममाकाे बिच बिचमा कक्षा इसिडि देखि कक्षा १२ सम्मका विद्यार्थीहरुले विभिन्न गितमा नाचगान गरि कार्यक्रमलाई अझ साेभायमान बनाएका थिए । विद्यार्थीहरुलाइ राम्रो पढाएर गत साल see र कक्षा १२ मा A+ ल्याएको विषयगत शिक्षा शिक्षिकालाई अझ राम्रो गर्दै जान हाैसला बढाउन प्रमाणपत्र र करुवा दिई सम्मान गरिएको थियो । त्यस्तै विद्यालयमा दुईजना कर्मचारीले विद्यालयकाे हेरविचार राम्रो गरेवात सम्मान गरिएको थियो ।

गाैरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक राम प्रसाद पाैड्यालले विद्यालयकाे वार्षिक आर्थिक प्रतिवेदन प्रष्ट पार्दै विद्यालयलाइ विद्यालय पाेषाक र अक्षयकोषमा नगद दिएर सहयोग गर्नुहुने सहयाेगी मनहरुलाइ सम्मान गर्दै  धन्यवाद दिनुभयो

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon