रामेछापमा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, १३ विद्यालयको सहभागिता,

२०८२ मंसिर ११ गते, बिहीबार

रामेछाप ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुख्य नारासहित रामेछाप नगरपालिकामा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आठौँ आज(बिहीबार)बाट औपचारिक रूपमा सुरु भएको छ।

उद्घाटन समारोहका प्रमुख अतिथि तथा नगर प्रमुख लबश्री न्यौपानेले प्रतियोगिताको शुभारम्भ गर्दै खेलकुदले विद्यार्थीको क्षमता र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँका अनुसार, वार्षिक रूपमा हुँदै आएको यो प्रतियोगिताले विद्यालय स्तरमै खेलप्रति चासो बढाएको छ तथा विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्दै आएको छ। खेलाडीलाई प्रोत्साहन र प्रतिभा पहिचान दुवैमा राष्ट्रपति रनिङ शिल्ड प्रभावकारी माध्यम बनेको प्रमुख न्यौपानेको भनाइ थियो।

रामेछाप नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा नगरका सबै १३ माध्यमिक विद्यालयको सहभागिता रहेको छ। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता वडा नं. ८ स्थित टुँडिखेलमा जारी छ। प्रतियोगितामा भलिबल, कबड्डी, सर्टपुट, दौड, ज्याभलिन थ्रोलगायत विभिन्न खेलहरू समावेश गरिएको आयोजक समितिले जनाएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon