मरिण गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सम्पन्न

२०८२ पुष १३ गते, आईतवार

सिन्धुली ।

सिन्धुलीको मरिण गाउँपालिका स्तरीय “सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२” को समापन कार्यक्रम हिजो (शनिबार ) मरिण गाउँपालिकाका अध्यक्ष श्री विमर्स मुक्तान ज्यूको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ।

समापन कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष मुक्तानले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै अनुशासन, मेहनत र टीमवर्कको भावना जीवनका हरेक क्षेत्रमा उपयोगी हुने बताउनु भयो । उहाँले गाउँपालिकाले विद्यालयस्तरीय खेलकुद गतिविधिलाई निरन्तर प्रोत्साहन गर्दै प्रतिभावान खेलाडीलाई अगाडि बढ्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

प्रतियोगितामा मरिण गाउँपालिकाभित्रका विभिन्न माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक र उत्साहपूर्ण खेलहरूका बीच सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।
प्रतियोगिताको नतिजा:
कपिलाकोट माध्यमिक विद्यालय — प्रथम
माध्यमिक विद्यालय खयरसाल — द्वितीय
माध्यमिक विद्यालय कार्तिके — तृतीय

कार्यक्रमको अन्त्यमा आयोजक पक्षले प्रतियोगितामा सहभागी सबै खेलाडी, शिक्षक, विद्यालय परिवार, निर्णायक, सुरक्षाकर्मी तथा सहयोगी सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको थियोे

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon