सिन्धुलीको गाेलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता भयो सुरु,
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता (हिजो)आइतबारबाट सुरु भएको थियोे गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारकाे बन्दीजोर खेलमैदानमा भएको प्रतियोगिता गाउँपालिकाका अध्यक्ष शंकरराज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियोे ।
गोलन्जोर खेलकुद विकास समितिको आयोजनामा तीन दिनसम्म संचालन हुने प्रतियोगितामा गाउँपालिकाका सातवटै वडाका नौं वटा समुहको सहभागिता रहेको थियोे ।
प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर चार र वडा नम्बर पाँच विच भएको थियो । उक्त प्रतियोगितामा वडा नम्बर चार विजयी हुँदा वडा नम्बर पाँच नकआउट भएको छ । दोस्रो खेल वडा नम्बर १ र वडा नम्बर तिन विच हुँदा वडा नम्बर १ विजयी भएको थियो भने वडा नम्बर तीन बाहिरिएको थियोे ।
तेस्रो खेलमा वडा नम्बर ७ को ‘वि’ टिम र वडा नम्बर १ को ‘ए’ टिम विच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नम्बर ७ को ‘वि’ टिम विजयी हुँदा वडा नम्बर १ को ‘ए’ टिम बाहिरीएको थियो ।
यस्तै चौथो खेलमा वडा नम्बर ६ र वडा नम्बर ७ विच हुँदा वडा नम्बर ६ बाहिरीदा वडा नम्बर ७ विजयी भएको छ । प्रतियोगिताका सेमिफाइनलका प्रतियोगिताहरुआज (सोमबार) हुने बताइएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगद संगै शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । दोस्रो हुने समुहले ३० हजार र तेस्रो हुनेले २० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने गाउँपालिकाका उपाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो
गोलन्जोर खेलकुद विकास समितिका अध्यक्ष रंजित देबकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष बराल, उपाध्यक्ष न्यौपाने, वडाअध्यक्षहरु वडा नम्बर १ का सोम प्रसाद बराल, वडा नम्बर ३ का अध्यक्ष कृष्ण प्रसाद पोखरेल, वडा नम्बर चारका अध्यक्ष भक्त बहादुर भुजेल, वडा नम्बर ७ का वडा अध्यक्ष तथा प्रवक्ता रेगनराज थापा, नेपाली कांग्रेस गोलन्जोर गाउँपालिका सभापति मोतिराज सापकोटा, नेकपा एमाले गोलन्जोर गाउँ कमिटिका अध्यक्ष पूर्ण बहादुर थापा, नेकपा माओवादी केन्द्र गोलन्जोर गाउँपालिका अध्यक्ष रोशन श्रेष्ठ लगायत, युवा खेलाडीहरुको सहभागिता रहेको छ ।
कार्यक्रम संचालन खेलकुद विकास समितिका सदस्य सचिव हरिकिश्वर कार्कीले गर्नु भएको थियो भने स्वागत मन्तव्य खेलकुद विकास समितिका सदस्य देबराज आलेले राख्नुभएको थियो ।![]()







