गोलन्जोर आधारभूत अस्पतालमा चौबीसै घण्टा सेवा शुरू,
सिन्धुली ।
सिन्धुलीको गाेलन्जाेमा आज(साेमबार)देखि पाँच शैयाको आकस्मिक कक्षसहित १५ शैया क्षमता रहेको गोलन्जोर आधारभूत अस्पतालले २४ घण्टा सेवा औपचारिक रूपमा सुरू गरेको छ।
अब अस्पतालमा फार्मेसी, एक्स–रे, भिडियो एक्स–रे र प्रयोगशाला सेवा नियमित रुपमा उपलब्ध भएका छन्।
मध्यपहाडी लोकमार्गको सहज पहुँचमा रहेको यो अस्पतालले गोलन्जोर गाउँपालिकाका बासिन्दासहित फिक्कल, सुनकोशी गाउँपालिका तथा रामेछाप, ओखलढुंगा र खोटाङका सीमावर्ती नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
गाउँपालिका अध्यक्ष भन्नुहुन्छ “यस अस्पतालबाट ग्रामीण भेगका नागरिकले सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन्। अब आधारभूत उपचारका लागि सिन्धुलीमाढी, धुलिखेल, काठमाडौं वा निजी अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ भन्ने दृढ विश्वास लिएको छु। सबैको साथ र सहयोगले सेवा विस्तार हुँदै जानेछ र अस्पताललाई अझ सुदृढ बनाउन सकारात्मक सुझाव तथा सहयोगको अपेक्षा गर्दछु।”
गोलन्जोर गाउँपालिकाले अस्पताललाई अझ व्यवस्थित, सुसज्जित र सेवामुखी बनाउँदै लैजाने तयारी अघि बढाइरहेको जनाएको पनि गराउनु भयो ।![]()







