गाैरीशंकर माध्यमिक विद्यालयकाे दुई दिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न,

२०८१ जेष्ठ २० गते, आईतवार

श्री गौरीशङ्कर माध्यमिक विद्यालय रामेछापबाट बिद्यालय व्यवस्थापन समितिकाे टिम, प्र अ. रामप्रसाद पाैडेल सहित शिक्षक कर्मचारीहरुको संयुक्त टाेलि मिति २०८१/०२/१८ देखि २०८१/०२/१९ गते सम्मको दुई दिने शैक्षिक अवलोकन भ्रमण चितवनमा गएको थियोे ।

शैक्षिक गुणस्तर मापनमा बाग्मती प्रदेश पहिलो र राष्ट्रिय स्तरमा नेपालमा दोस्रो स्थान लिन सफल नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरको अवलोकन र अनुगमन गर्ने क्रममा त्यस विद्यालयको सभाहलमा गाैरीशंर माध्यमिक विद्यालयकाे टिमलाइ स्वागत गरेको थियोे ।

त्यसै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा शैक्षिक व्यक्तित्व श्री टेकबहादुर थापा , प्र अ श्री रामशरण दुवाडी र पूर्व मा प्र शिक्षक श्री टेकनाथ सरले विद्यालयले गरेको प्रगतिको बारेमा विस्तृत जानकारी गराउनुभएको थियोे

गाैरीशंकर माध्यमिक विद्यालयको तर्फबाट प्र अ. रामप्रसाद पाैडेलले शैक्षिक भ्रमणको उद्देश्यमाथि प्रकाश पार्दै धन्यवाद मन्तव्य राख्नु भएको थियोे त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री कमलबिक्रम कार्कीले पनि शिक्षाको बारेमा छलफल गर्दै धन्यवाद मन्तव्य राख्नुभएको थियोे

भ्रमणको क्रममा धार्मिक स्थल देवघाट धाम र
सौराह हुदै दुई दिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न भएको थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon