सुनको भाउ एक हजार चार सय रुपैयाँले बढ्यो,

२०८२ जेष्ठ ११ गते, आईतवार

सुनको भाउ आज एक हजार चार सय रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार चार सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाकाे एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो केही दिनयता सुनको भाउमा उतारचढाव हुँदै आएको छ ।

त्यस्तै आज चाँदीको भाउ भने घटबढ भएकाे छैन । चाँदीकाे भाउ अस्तिजस्तै तोलामा दुई हजार पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon