‘बिदाइ तथा फेरि भेटौला’ कार्यक्रममार्फत महिला स्वास्थ्यकर्मीहरू सम्मानित,
![]()
रामेछाप ।
रामेछाप जिल्लाकाे जिल्ला अस्पतालमा लामो समयदेखि कार्यरत दिदीबहिनीहरूलाई सम्मान गर्दै ‘फेरि भेटौला’ कार्यक्रम रामेछापका सक्रिय महिलाहरूको आयोजनामा सम्पन्न भएको छ।
दोलखा जिल्ला, बैतेश्वर गाउँपालिका–२ निवासी लिला तामाङलाई विशेष सम्मान गरिएको हो। उहाँले २०५९ साल चैत २१ गतेदेखि हालसम्म निरन्तररूपमा नर्सिङ अधिकृत (सातौं तह) को रूपमा देशका विभिन्न स्थानमा सेवा दिँदै आउनुभएको थियोे झन्डै दुई दशकभन्दा बढी समयसम्म सरकारी स्वास्थ्य प्रणालीमा आबद्ध रहँदा लिला तामाङले आफ्नो पेशामा देखाएको इमानदारी सेवाभाव अत्यन्तै प्रेरणादायी रहँदै आएको छ ।
उहाँको कार्यशैलीमा देखिने आत्मीय व्यवहार, बिरामीप्रतिको करुणा, सहकर्मीप्रतिको समन्वय र जिम्मेवारीप्रति देखाएको लगावकै कारण उहाँलाई कुशल, कर्मनिष्ठ र मानवीय सेवामा समर्पित नर्सको रूपमा चिनिन्छ। विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरू, आमाबुबा, नवजात शिशु र गर्भवती महिलाहरूको उपचारमा उहाँले पुर्याउनु भएको योगदान स्मरणीय छ।
साथै, रामेछाप नगरपालिका वडा नं ८ निवासी शिखा हायुलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको थियोे । सन् २०२२ फेब्रुअरी २० देखि स्टाफ नर्स (पाँचौं तह) का रूपमा सेवा दिँदै आउनुभएकी शिखाले स्वास्थ्य सेवा क्षेत्रमा सदैव मुस्कानसाथ, सहानुभूति र संवेदनशीलताको साथ जिम्मेवारी सम्हाल्दै आउनुभएको थियोे । छोटो समयमा नै उहाँले सेवा क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउँदै समाजमा सकारात्मक प्रभाव पार्नु भएको छ ।
RBPW र समाज सेवा जागृति महिला साकाेषको संयुक्त आयोजनामा सम्पन्न ‘फेरि भेटौला’ कार्यक्रममा सहभागी दिदीबहिनीहरूबीच आत्मीयता, सम्झना र शुभकामनाको आदानप्रदान गरियो।
कार्यक्रमले स्वास्थ्य क्षेत्रका महिला कर्मचारीहरूको योगदानलाई सम्मान गर्नुका साथै भावी पुस्तालाई सेवा, समर्पण र सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्ने उद्देश्य बोकेको RBPW रामेछापका सदस्य घना श्रेष्ठले जानकारी दिनुभएको ।![]()







