रामेछापमा विश्व स्तनपान सप्ताह विशेष कार्यक्रमसहित सम्पन्न,

२०८२ श्रावण २१ गते, बुधबार

रामेछाप ।

विश्व स्तनपान सप्ताहको अवसरमा रामेछापमा आज(बुधबार)  जनस्वास्थ्य कार्यालय रामेछापको आयोजना र रामेछाप अस्पताल, रामेछाप नगरपालिका,आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलीको सक्रिय समन्वयमा कार्यक्रम सम्पन्न भएको थियोे ।

स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी वातावरण निर्माण गरौँ” भन्ने मूल नारासहित मनाइएको कार्यक्रममा मातृ-शिशु स्वास्थ्यका क्षेत्रमा स्तनपानको महत्त्व र आवश्यकताबारे विस्तृत जानकारी प्रदान गरिएको जनस्वास्थ्य कार्यालय रामेछापले जनाएको छ।

कार्यक्रमका क्रममा स्तनपान गराइरहेका महिलाहरुलाई स्तनपानले शिशु स्वास्थ्यमा पुर्याउने लाभ, आमाको स्वास्थ्यमा हुने सकारात्मक प्रभाव र स्तनपानका अभ्यासलाई सहज बनाउन आवश्यक सहयोगी वातावरणबारे सचेतना दिएको थियोे साथै, आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले स्तनपान गराइरहेका आमाहरुलाई स्वास्थ्यवर्द्धक मानिने सतावरी चुर्ण समेत वितरण गरेको थियो।

जनस्वास्थ्य कार्यालयका अनुसार स्तनपान केवल शिशुलाई पोषण दिने माध्यम मात्र नभई रोग प्रतिरोधात्मक क्षमता बढाउने, मानसिक र शारीरिक विकासलाई सहज बनाउने र आमाबाबु र शिशुबीचको सम्बन्ध अझ घनिष्ठ बनाउन मद्दत गर्ने प्रक्रिया हो।

विश्व स्वास्थ्य सङ्गठन ले हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म विश्व स्तनपान सप्ताह मनाउने घोषणा गरेको छ। सोही सन्दर्भमा रामेछापमा पनि विगतका वर्षझैं यस वर्ष पनि कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको हो।

सम्बन्धित खबर

2025 Copyrights Reserved @ Dristicon